कृषि पढेका युवाले तिहारमा बेचे ११ क्विन्टल फूल
Read the full story at Nepal Khabar

कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका-१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर-११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेका हुन्।
उनीहरूले तिहारलाई लक्षित गरेर उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ। नेपालगन्ज-१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको ११ क्विन्टल फूल उत्पादन गरेर रु चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यावसायी असिम सिग्देलले जानकारी दिए। उनले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गरे।
फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए। उनले यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताए।
More society
- थानीमाई मन्दिरमा एकै दिन पुगे ९१ डोलीNepal Khabar
- अमेरिकामा नेपाली मूलकी नर्स ममतालाई उनकै पति नरेशले मारेको अदालतको ठहरNepal Khabar
- बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँनेको घुइँचो (तस्बिरहरू)Nepal Khabar
- रडले हानेर पत्नीको हत्या, पति पक्राउNepal Khabar
- वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटोफिचर)DC Nepal
- घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउNagarik News