Skip to main content
समाजNepal Khabar

अमेरिकामा नेपाली मूलकी नर्स ममतालाई उनकै पति नरेशले मारेको अदालतको ठहर

Read the full story at Nepal Khabar

अमेरिकामा नेपाली मूलकी नर्स ममतालाई उनकै पति नरेशले मारेको अदालतको ठहर

करिब ६ हप्तासम्मको सुनुवाइपछि अमेरिकाको भर्जिनियास्थित अदालतले मंगलबार नरेशविरुद्ध 'फर्स्ट-डिग्री मर्डर' (गम्भीर प्रकृतिको हत्या) मा दोषी पाइएको फैसला गरेको हो। वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी (सरकारी वकिल) सारा सामीले भनिन्, 'प्रतिवादी (नरेश) ले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले। ' 'उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँ (ल्यान्डफिल) लाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए। पीडित परिवारका लागि ममता सधैँ 'हराइरहेकी' हुनेछिन्।

उनी अब जीवित छैनन्, तर उनी अझै पनि 'हराएकी' छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन। उनी टुक्रा-टुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन्। यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ', सामीले थपिन्। प्रथम श्रेणीको हत्यामा दोषी ठहरिएका भट्टलाई कम्तीमा २० वर्षदेखि बढीमा आजीवन कारावाससम्मको सजाय हुन सक्छ।

शव लुकाएको र अपवित्र पारेको अन्य कसुर प्रत्येकमा पाँच/पाँच वर्षसम्म कैद हुन सक्छ। भट्टलाई हुने सजाय अब मार्च महिनामा सुनाइनेछ। ममता काफ्ले भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए।