Skip to main content
समाजNagarik News

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

Read the full story at Nagarik News

घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ

चितवनको भरतपुर महानगरपालिका-४ त्रिचोकमा घरायसी विवादका क्रममा कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान करिब ८:३० बजे स्याङ्जाको चापाकोट गाउँपालिका-६ घर भई हाल भरतपुर महानगरपालिका-४ त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले आफ्नी ३२ वर्षीया श्रीमती सपना राना मगरलाई कोठाभित्र कुटपिट गरेका थिए।

कुटपिटबाट सपना राना मगरको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले घटनामा संलग्न मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।