नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द
Read the full story at Onlinekhabar (Nepali)

सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले बिहीबार ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ । १९ कात्तिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा असोज २३ गते गरेका विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ ।
सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका थिए । प्राप्त निवेदन र उजुरीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयको निर्देशनबमोजिम नापी विभागले असोज २६ गते ७ दिने म्याद तोकी औपचारिक रूपमा गुनासो आह्वान गरेको थियो । सो क्रममा २०० भन्दा बढी कर्मचारीहरूबाट सरुवा पुनरावलोकनका लागि उजुरी प्राप्त भएपछि मन्त्रालयले उक्त सरुवा सूची पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो ।
सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले बिहीबार ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ । मन्त्रालयले सोही मापदण्डका आधारमा पारदर्शी र न्यायोचित ढङ्गले मात्र सरुवा प्रक्रिया अगाडि बढाउन विभागलाई स्पष्ट निर्देशन दिएको छ ।
More business
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar
- Madurai property tax scam: HC denies advance bail to ‘Misa’ PandianThe Hindu
- युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेलOnlinekhabar (Nepali)