Skip to main content
राजनीतिNagarik News

केराका बोट, आम्दानीको स्रोत

Read the full story at Nagarik News

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ। लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो। पर्वका अवसरमा केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन्। स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्‍याएका थिए।

धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुगेका थालेका थिए। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहले केराको बोट जनकपुरधाम बजारमा बिक्री गरेको बताए। उनका अनुसार प्रतिथाम रु २५० देखि रु ३०० सम्म बिक्री भएको छ। यसबाट किसानलाई राम्रो आम्दानी हुने गरेको उनले बताए।

लक्ष्मीपूजाका लागि एक दिनअघिदेखि नै केराका थामको बिक्री भएको किसान बताउँछन्। जनकपुरधाममा शनिबार र आइतबारमात्रै करिब आठदेखि नौ हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए। केराको झ्याङमा बोट धेरै गाँजिएपछि उत्पादन राम्रो लिन केही बोट हटाउनुपर्ने हुन्छ। सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई अतिरिक्त आम्दानी हुने गरेको छ।