हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन
Read the full story at Nepal Khabar

म्याग्दीको धवलागिरि गाउँपालिका-३ मुनाका यामप्रसाद पुनले गाई पाल्न छाडेको पाँच वर्ष भयो । करिब तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले गाईको सट्टा भैँसी पाल्न थालेका छन्। 'थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ', विगतमा गाईपालन गर्दाको अनुभव सुनाउँदै उनले भने, 'खनजोत गर्ने मिनीटिलर हलो भित्रिएपछि गोरुको पनि महत्त्व घट्यो, गाई पाल्ने चलन नै हरायो।
' पुनको अनुभवले धवलागिरि क्षेत्रमा स्थानीय जातका गाईगोरु पाल्ने परम्परा कसरी घट्दै गएको छ भन्ने देखाउँछ । कुनै समय घरघरमा गाईगोरु पाल्ने चलन रहेको यस क्षेत्रमा अहिले स्थानीय जातका गाईगोरु भेट्टाउन मुस्किल हुन थालेको छ। धवलागिरि गाउँपालिका-७ ताकमका मनबहादुर चपाइलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत जुटाउन समस्या हुन थालेको छ ।
पूजाआजा र धार्मिक कार्यमा गाईको दूध तथा गहुँत आवश्यक पर्ने भएकाले पहिले नै गाईपालकलाई खबर गर्नुपर्ने अवस्था आएको उनी बताउँछन्। 'हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत पाउन पनि मुस्किल छ', उनले भने, 'गाई देखिन छाडे, गोरु भेटिँदैनन्। ' धवलागिरि गाउँपालिका-६ को साबिक मराङ र वडा नं ७ को साबिक ताकम गाविस क्षेत्रमा स्थानीय जातका गाईगोरु घट्दै गएका छन् ।
More politics
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar