१३ रनमै २ विकेट गुमाएको काठमाडौंले चितवनविरुद्ध बनायो १८० रन
Read the full story at Setopati

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो। विल बोसिस्टोले २२ बलमा २७ रन बनाए। उनले राशिदसँग तेस्रो विकेटका लागि ६२ रनको महत्वपूर्ण साझेदारी गरे। प्रारम्भिक दुई विकेट सस्तैमा गुमाएको काठमाडौंलाई यो साझेदारीले खेलमा फर्काएको थियो। साहन अरागिचेले पनि आक्रामक ब्याटिङ गर्दै २० बलमा ३३ रन जोडे। उनले राशिदसँग चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे। अरागिचेको इनिङ्समा ३ चौका र २ छक्का समावेश थियो।
कप्तान करण केसीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरे। उनले केवल ७ बलमा ३ छक्कासहित २० रन बनाए। सन्तोष यादवले २ बलमा ८ रन जोड्दै इनिङ्सको अन्त्य गरे। काठमाडौंका सुरुवाती ब्याटर भने चल्न सकेनन्। डेभिड वार्नर ६ बलमा १ रन बनाएर आउट भए भने साहिल पटेलले १२ बलमा ८ रन मात्र बनाउन सके। जहानदाद खानले १३ बलमा ६ रन बनाए। चितवनका बलरमध्ये रिजन ढकाल सर्वाधिक सफल भए।
उनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। कमलसिंह ऐरीले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए। कप्तान सिकन्दर राजाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट हात पारे। डान मौस्लीले १ विकेट लिए। काठमाडौंले सुरुवातमै १३ रन जोड्दा २ विकेट गुमाएको थियो। वार्नर र साहिल पटेल सस्तैमा आउट भएपछि दबाबमा परेको काठमाडौंलाई बोसिस्टो र राशिदको साझेदारीले सम्हाल्यो। तेस्रो विकेटका लागि बोसिस्टो र राशिदले ६२ रन जोडे।
More environment
- घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्यNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- At peak of air pollution on Deepavali night, data goes missing at several govt monitoring stations in DelhiThe Hindu
- COP31: Betting on electricity to break the climate deadlockFrance 24