Skip to main content
राजनीतिNagarik News

मोदीलाई ‘पाँच मिनेटमै राष्ट्रविरोधी’ प्रमाणित गर्ने राहुलको दाबी, दिए खुला बहसको चुनौती

Read the full story at Nagarik News

भारतीय कांग्रेसका नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाँच मिनेटमै ‘राष्ट्रविरोधी’ प्रमाणित गर्न सक्ने दाबी गर्दै उनीसँग खुला बहस गर्न चुनौती दिएका छन्। बुधबार पञ्जाबको संगरुरमा आयोजित कांग्रेसको ‘इन्साफ र्‍याली’लाई सम्बोधन गर्दै गान्धीले मोदी आफूले चाहेको कुनै पनि ठाउँमा आएर आमनेसामने बहस गर्न सक्ने बताएका हुन्। मोदीले कांग्रेसलाई राष्ट्रविरोधी भन्दै आएको प्रसंग उठाउँदै उनले बहसका लागि प्रधानमन्त्रीले नै निर्णायक छान्न सक्ने बताए। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवत वा उद्योगपति गौतम अडानीलाई निर्णायक राखे पनि आफूलाई आपत्ति नहुने उनको भनाइ थियो।

बहस एनडीटीभीको स्टुडियोमा गर्न चाहे पनि आफू तयार रहेको उनले बताए। ‘मोदी जहाँ आएर मसँग बस्न र बहस गर्न सक्छन्। पाँच मिनेटभित्रै म उनलाई राष्ट्रविरोधी प्रमाणित गरिदिन्छु। डोनाल्ड ट्रम्पले मोदीलाई नियन्त्रण गरिरहेका छन् भन्ने पनि प्रमाणित गर्छु,’ राहुलले भने।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मोदीले भारत-अमेरिका व्यापार सम्झौता गरेको आरोप लगाए। सम्झौतामा हस्ताक्षर गर्नुअघि मन्त्रिपरिषद् र सरकारी अधिकारीसँग पर्याप्त परामर्श नगरेको उनको दाबी थियो। उक्त सम्झौताले भारतीय किसान, साना तथा मझौला उद्योग र देशको तथ्यांकको हितमा असर पार्न सक्ने उनले बताए।