उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम
Read the full story at Onlinekhabar (Nepali)

तेस्रो संस्करणमा लुम्बिनीले सुरुवातदेखि नै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ। लगातार राम्रो नतिजा निकाल्दै सबैभन्दा पहिले प्लेअफमा पुग्नु त्यसकै प्रमाण हो। २६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको हो।
६ खेलबाट ४ जित, १ हार र एक खेल रद्द हुँदा लुम्बिनीले ९ अंक जोडेको छ। कर्णालीविरुद्धको जितसँगै टोली अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। अब लुम्बिनीको नजर लिग चरणको बाँकी खेल जित्दै शीर्ष दुईमा स्थान बनाउने हुनेछ। एनपीएलमा लुम्बिनीको यात्रा तीन सिजनमा तीन फरक स्वरूपमा देखिएको छ। पहिलो संस्करणमा टोली अंकतालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको थियो।
दोस्रो संस्करणमा भने सुरुवातमा लगातार हारको सामना गरे पनि त्यसपछि लगातार जित निकाल्दै प्लेअफमा पुगेको थियो। अन्ततः लुम्बिनीले फाइनल जितेर उपाधिसमेत आफ्नो नाममा गरेको थियो। तेस्रो संस्करणमा लुम्बिनीले सुरुवातदेखि नै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ। लगातार राम्रो नतिजा निकाल्दै सबैभन्दा पहिले प्लेअफमा पुग्नु त्यसकै प्रमाण हो। गत सिजनको पाँचौं खेलदेखि अपराजित रहेको लुम्बिनी यस सिजनको चौथो खेलसम्म त्यही लयमा थियो ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar