Skip to main content
अर्थतन्त्रBizmandu

पूर्वाधार सम्मेलनमा देखिनेछन् यी २३ परियोजना, जग्गादेखि भुक्तानी सुरक्षासम्मको जिम्मा लिइने

Read the full story at Bizmandu

काठमाडौं। सरकारले आगामी मंसिरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलनमा २३ वटा परियोजना शोकेस गरिने भएको छ। मंसिर २३ र २४ गते काठमाडौंको सोल्टी होटलमा हुने पूर्वाधार सम्मेलनमा २४ खर्ब ४६ अर्ब रुपैयाँ अर्थात १७ अर्ब अमेरिकी डलर बराबरका २३ वटा परियोजना प्रदर्शन गरिने भएको हो। सम्मेलनमा जलविद्युत्, विमानस्थल, सडक, सुरुङमार्ग, औद्योगिक पार्क, प्रसारण लाइन, स्याटेलाइट सिटी तथा डिजिटल पूर्वाधारका परियोजना प्रस्तुत गरिनेछ।

सम्मेलनमा प्रस्तुत गरिने परियोजनामध्ये सबैभन्दा ठूलो बूढीगण्डकी बहुउद्देश्यीय आयोजना हो। यसको अनुमानित लागत ४०० अर्ब रुपैयाँ छ। त्यस्तै, ३८१ अर्ब २५ करोड रुपैयाँ लागतको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र १६२ अर्ब रुपैयाँ लागतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना पनि शोकेस गरिंदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको विकल्पमा निजगढमा विमानस्थललाई राष्ट्रिय गौरको आयोजनामा राखेको करिब डेढ दशक हुँदा पनि अहिलेसम्म लगानीको मोडालिटीबारे नै निर्णय हुन सकेको छैन।

काठमाडौं-तराई द्रुतमार्ग निर्माण भइरहेका कारण निजगढमा विमानस्थल बनाउनुपर्ने आवाज भने बढिरहेको छ। फास्ट ट्र्याक बनेपछि काठमाडौंबाट निजगढ एक घण्टामा यात्रा गर्न सकिनेछ। २५० अर्ब रुपैयाँ लागतको मझिमटार-शक्तिखोर सुरुङमार्ग तथा मिश्रित शहर पनि सम्मेलनमा प्रस्तुत गरिनेछ।