यी महिलाले सुतेरै जितिन् १५ लाख बढी रुपैयाँ, फेरि खुल्यो आवेदन
Read the full story at Nagarik News

भारतमा आयोजित अनौठो ‘स्लिप इन्टर्नसिप’ प्रतियोगितामा दुई लाखभन्दा बढी आवेदकलाई पछि पार्दै मुम्बईकी जिनिया चटर्जी विजेता बनेकी हुन्। उनले नगद पुरस्कारसँगै प्रायोजित बिदासमेत जितेकी छन्। घर तथा फर्निचर कम्पनी वेकफिटले आयोजना गरेको यो प्रतियोगितामा सहभागीले नियमित सुत्ने तालिका पालना गर्दै पर्याप्त निद्रा लिनुपर्ने थियो। साथै, उनीहरूले हरेक हप्ता दिइने विभिन्न रचनात्मक चुनौतीमा पनि सहभागी हुनुपर्थ्यो। दुई लाखभन्दा बढी आवेदकमध्ये विभिन्न चरणको छनोट र अन्तर्वार्तापछि १० जना प्रतियोगी छानिएका थिए।
उनीहरूले करिब ६० दिनसम्म प्रतिस्पर्धा गरेका थिए। यस अवधिमा उनीहरूको निद्राको अवधि र गुणस्तर मापन गरी दैनिक अंक दिइन्थ्यो। सोही अंकका आधारमा लिडरबोर्डमा स्थान निर्धारण गरिन्थ्यो। प्रतियोगितामा सहभागीले निद्रा पूरा गरेर मात्र पुग्दैनथ्यो। उनीहरूले विभिन्न रमाइला र सिर्जनात्मक काम पनि गर्नुपर्थ्यो।
‘स्लिप सिनेमा’ चुनौतीमा चर्चित चलचित्रका दृश्यलाई निद्रासँग जोडेर पुनः प्रस्तुत गर्नुपर्थ्यो। त्यस्तै, ‘स्लिप बिंगो’ मा एक साताको आफ्नो सुत्ने बानीको मूल्यांकन गर्नुपर्थ्यो। अर्को रोचक चुनौती ‘अन्डरकभर स्लिप मिसन’ थियो। यसमा सहभागीले सामान्य कुराकानीका क्रममा कसैले थाहा नपाउने गरी ‘कम्बल’ र ‘सिरानी’ शब्द १० पटक प्रयोग गर्नुपर्थ्यो।
More society
- तिहारभर कस्तो होला मौसमNepal Khabar
- सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्तिNepal Khabar
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post
- From flood-hit areas to crime scenes, Nepal’s police dogs sniff out vital cluesKathmandu Post