तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छ
Read the full story at Nepal Khabar

प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाटै मात्रै साझा विजय सम्भव हुने बताएका छन्। तिहारको अवसरमा आइतबार सामाजिक सञ्जालबाट शुभकामना दिँदै कार्कीले भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम रहन्छ भन्ने सत्यबोध सबैमा जागृत हुन सकोस् भन्ने कामना पनि गरेका छन्।
आईजीपीबाट हटाइएका कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको छ। तर, कार्कीले आफूलाई गैरकानुनी रुपमा आईजीपीबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन्।
'सप्तरङ्गी दीपको दिव्य प्रकाशले सबैको जीवनमा प्रेम, शान्ति, समृद्धि, सकारात्मक ऊर्जा र सिर्जनशीलताको उज्यालो छरोस्,' कार्कीले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, 'मनका सङ्कीर्णता, द्वेष, अहंकार तथा विकारहरू हटाई अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना जागृत गराओस्। सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाटै साझा विजय सम्भव हुन्छ तथा भावनात्मक सुदृढताले नै संस्थागत सबलता कायम रहन्छ भन्ने सत्यबोध सबैमा जागृत हुन सकोस्।
More society
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post
- From flood-hit areas to crime scenes, Nepal’s police dogs sniff out vital cluesKathmandu Post
- तिहारभर कस्तो होला मौसमNepal Khabar
- सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्तिNepal Khabar
- यी महिलाले सुतेरै जितिन् १५ लाख बढी रुपैयाँ, फेरि खुल्यो आवेदनNagarik News