आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
Read the full story at Nagarik News

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोे छ।
त्यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
More environment
- हुम्लामा ४.२ म्याग्निच्यूडको भूकम्पThaha Khabar
- हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्पOnlinekhabar (Nepali)
- हिमाली क्षेत्रमा वर्षाको सम्भावनाSetopati
- पश्चिमी वायुको प्रभाव: पहाडी र हिमालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनाDC Nepal
- त्रिशूलीको बगरमा समुदाय र संस्कृति खोज्दैछन् बाढीपीडितHimal Khabar
- हिमाली क्षेत्रमा हल्का हिमपात, तराई-मधेशमा हुस्सुOnlinekhabar (Nepali)