लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार
Read the full story at Onlinekhabar (Nepali)

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ । अर्कोतर्फ लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ ।
सुरुवाती दुई खेलमा जित हात पारेको कर्णालीले त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ । लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए । उनी अर्धशतक बनाउनबाट ४ रनले चुके । १४औं ओभरमा आउट हुनुअघि उनले ३४ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । दिलिप नाथले अविजित २८ रनको योगदान गरे ।
आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १ तथा सन्दीप जोरा ४ रनमा आउट भएपछि लुम्बिनीले १९ रनमै ३ विकेट गुमाएको थियो । सर्ट र निरोशन डिकवेला मिलेर चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे । डिकवेलाले १३ बलमा २ चौका मदतमा १६ रन जोडे । डिकवेला आउट भएपछि डार्शी सर्टले दिलीप नाथसँग मिलेर इनिङ्स अघि बढाएका थिए । तर सर्ट पनि आउट भएपछि दिलीप नाथले लुम्बिनीको इनिङ्स सम्हाले । शमिम हुसेन ५ रन जोडेर आउट भए ।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रहThaha Khabar
- Nvidia tumbles over 12% in pre-market trading after Huang's exitTimes of India