सरकार, कोठा खाली छ ? भन्दै माइतीघरमा २०० दिनदेखि सत्याग्रह
Read the full story at Nagarik News

जातीय विभेदविरुद्ध ‘सरकार, कोठा खाली छ ?’ भन्ने सांकेतिक प्रश्नसहित माइतीघर मण्डलामा सुरु गरिएको सत्याग्रहले बुधबार २०० दिन पूरा गरेको छ। डेरा खोज्दा जातका आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने मागसहित सुरु गरिएको आन्दोलनमा युवती दीपा नेपाली पनि निरन्तर सहभागी हुँदै आएकी छन्। गत वैशाख ६ गते दीपा नेपाली, सांसद विमला विकसहित केही युवाले सत्याग्रह सुरु गरेका थिए।
हरेक दिन माइतीघर मण्डलामा ‘सरकार, कोठा खाली छ ?’ भन्ने प्रश्नसहित उभिँदै आएकी दीपाको समर्थनमा दलित तथा गैरदलित समुदायका विभिन्न सचेत व्यक्ति र अभियन्ताहरू सहभागी हुँदै आएका छन्। माग उठाएको २०० दिन पुग्दासमेत सरकारले प्रभावकारी रूपमा सम्बोधन नगरेकाले सत्याग्रह जारी राख्न बाध्य भएको आन्दोलनकारीहरूले बताएका छन्। सत्याग्रहका मागमा डेरा दिँदा जात सोधेर विभेद गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, घरभाडामा हुने जातीय तथा सबै प्रकारका विभेदलाई पूर्ण रूपमा दण्डनीय बनाउनुपर्ने र जातीय भेदभाव तथा छुवाछुतविरुद्ध ‘शून्य सहनशीलता’को नीति तत्काल लागू गर्नुपर्ने रहेका छन्।
त्यस्तै, नागरिकलाई घरभाडामा बस्ने क्रममा विभेदरहित आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कानुनलाई संशोधन गरी कडा दण्ड–सजायको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)Nepal Khabar