जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ
Read the full story at Nagarik News

सुनसरीमा जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-६ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका-२ बस्दै आएका ३३ वर्षीय मनोज परियार छन्।
लागूऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका परियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए। उनको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो २:५० बजे बराहक्षेत्र नगरपालिका-२ चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ।
More society
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- जेनजी आन्दोलनमा जेलबाट भागेका युवक चतराबाट पक्राउNepal Khabar
- French police search Ritz, glitzy Al Fayed properties in women-trafficking probeFrance 24
- Cheating case accused alleges custodial torture, OU police deny allegationsThe Hindu