Skip to main content
अर्थतन्त्रRatopati

११ करोडमा बनेको भ्यु टावर पाँच वर्षदेखि अलपत्र

Read the full story at Ratopati

११ करोडमा बनेको भ्यु टावर पाँच वर्षदेखि अलपत्र

बुटवल । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष अगाडि उदघाटन गरेको रुपन्देहीको तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावर पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारणका लागि खुल्न सकेको छैन । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको ११ तले टावर पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । भ्यु टावर सञ्चालनका लागि टेन्डरमार्फत ठेक्काको टुङ्गो लागे पनि सम्बन्धित कम्पनीसँग सम्झौता हुन बाँकी छ ।

तिलोत्तमा नगरपालिका–१ र २ मा रहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) परिसरमा निर्माण गरिएको टावर प्रमुख पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । वन बाटिकामा मनोरम उद्यान, सानो चिडियाखाना र पिकनिक स्पट रहेकाले विशेषगरी जाडो मौसममा घुम्न तथा वनभोज खान आउनेहरूको चहलपहल बढ्ने गर्छ । वन बाटिकामा भेटिएकी सैनामैना नगरपालिका मुर्गियाकी २८ वर्षीया रञ्जिता थापाले टावर उदघाटन भएको धेरै वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको आश्चर्य व्यक्त गरिन् । उनले भनिन्, ‘उदघाटन भएको वर्षौं भयो भन्ने सुनेकी छु, तर अहिलेसम्म चढ्न पाइएको छैन ।

यहाँ आएको बेला आफू पनि चढ्न र केटाकेटीलाई पनि घुमाउन पाए हुन्थ्यो । अहिले त अग्लो भवनमात्रै देखिन्छ, सञ्चालनमा आएको रहेनछ । ’ निर्माणको केही काम बाँकी रहेकै अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ चैत १५ गते तामझामका साथ टावर उदघाटन गरेका थिए ।