बन्धन
Read the full story at Nagarik News

चितवन जाँदा म प्रायः हात्तीनजिक पुग्न रमाउँछु। अजङ अनि बलियो प्राणी हात्तीलाई मजस्तो लुखुरे मनुष्यले नजिकबाट जिस्काउन पाउनु चानचुने अवसर होइन। अहिले पनि संयोग त्यस्तै पर्यो, हात्तीलाई मुसार्ने मात्र होइन, हात्तीका कथासमेत सुन्न पाउने संयोग। अवसरको सदुपयोग गर्दौ माहुतेसँग मनको अमूर्त सन्दुक खोलेँ– ‘कति वर्षको भयो यो हात्ती ?’ माहुतेले भने– ‘यो हात्ती त ३० वर्षको भयो। यसको आमा पनि हामीसँग नै छ। आमा त ६५ वर्षको भयो।
म र यो हात्ती एकै साल जन्मेका हौं रे। म पनि ३० वर्षकै भएँ। ’ गफ हुँदै गर्दा ध्यान हात्तीको खुट्टामा बाँधिएको सिक्रीमा गयो। लाग्यो– भीमकाय हात्तीको जिन्दगीको बन्धन हो यो। विशाल शरीर, थामजस्ता खुट्टा, रुख उखेल्न सक्ने सामर्थ्य अनि जंगललाई नै आफ्नो पदचापमा थर्काउन सक्ने शक्ति भएको हात्ती एउटा सानो फलामको सिक्रीसँग पराजित देखिन्थ्यो। सिक्रीले उसको खुट्टामा सामान्य घेरा बनाएको थियो तर त्यस घेराभित्र एउटा विशाल जीवन कैद थियो।
हात्तीलाई थाहा छैन, म किन बाँधिएको छु ? उसलाई यो पनि थाहा छैन– यो हात्तीसारभन्दा पर म बाँच्न सक्ने जंगलरूपी अनन्त संसार छ किनभने ऊ त्यो संसारमा कहिल्यै पुग्न पाएको छैन। माहुतेलाई पनि थाहा छैन– म जीवनभर यही हात्तीको शुश्रूषामा मात्र किन बाँधिएको छु ? हात्तीसारभन्दा बाहिर पनि अनन्त संसार छ, अनन्त सम्भावना छ तर म जीवनभर किन यही गोठको घेरामा विवश छु ?
More politics
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- छठ पूजाका लागि निकितासँगै गंगासागरमा उभिँदै रविNepal Khabar
- नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिलेNepal Khabar