नेवार समुदायले विधिपूर्वक मनाए म्हःपूजा
Read the full story at Thaha Khabar
नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ। त्यसैले म्हःपूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने लाग्छ। यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि लिइन्छ। म्हःपूजामार्फत आफूभित्रको नकारात्मक ऊर्जा हटाएर नयाँ ऊर्जा प्राप्त होस्, आगामी दिनमा शुद्ध मनले काम गर्न सकियोस् र कसैलाई हानि नपुगोस् भन्ने कामना गरिन्छ। म्हःपूजा गर्दा सर्वप्रथम पूजा गर्ने व्यक्तिको आसनअगाडि मण्डल (म्हःमण्डप) बनाइन्छ।
व्यक्तिको प्रतीकका रूपमा बनाइने उक्त मण्डलमा विभिन्न सामग्री राखेर पूजा गर्ने परम्परा छ। मण्डलमा पानी र तेलका चक्र बनाउनुका साथै जीवनका विभिन्न अवस्थाको प्रतीकस्वरूप सामग्री सजाइन्छ। अन्धकार नाश र उज्यालोको प्रतीकका रूपमा लामो बत्तीसमेत बाल्ने गरिन्छ। म्हःपूजामा शुद्ध चामल (आखे), कालो मास, भटमास, धान, लावा, फूललगायत सामग्री प्रयोग गरिन्छ। त्यस्तै, दैवी शक्तिको प्रतीकका रूपमा बत्ती बालेर पूजा गरिन्छ।
यी सामग्रीलाई मानिसको शरीर र जीवनसँग जोडेर हेर्ने गरिएको छ। यस वर्ष काठमाडौँ महानगरपालिका–२८ मा सामूहिक रूपमा म्हःपूजा आयोजना गरिएको छ। आयोजक किरण चित्रकारको पहलमा गरिएको सामूहिक पूजामा स्थानीय तथा म्हःपूजा गर्न नपाएका व्यक्तिहरू सहभागी भएका थिए।
More society
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- CPI(M) accuses UDF of making higher education sole privilege of students from entitled families and undermining reservation criteriaThe Hindu
- Hyderabad police detain 10, counsel 30 during Mission Chabutra in AttapurThe Hindu