खेलकुदSetopati
प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोज्ने युवकलाई गोली हानेर नियन्त्रणमा
Read the full story at Setopati

काठमाडौंको गोकर्णेश्वरमा प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोजेका एक युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब साढे ६ बजे गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा ३१ वर्षीय सुजन तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङले पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्ने प्रयास गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तामाङ सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्ने गतिविधिमा संलग्न रहेको खुलेको छ।
उनी सुनसम्बन्धी ठगी तथा लुटपाटमा पनि संलग्न रहेको प्रहरीको भनाइ छ।
More sports
- Football fan tried to stop Huntingdon train attack, jury hearsBBC
- Ronaldo in records: International milestones from the football iconAl Jazeera
- काठमाडौँको गोकर्णेश्वरमा गोली चल्योThaha Khabar
- लुम्बिनी लायन्स पछिल्ला १० खेलयता अपराजित, लगातार जितको रहस्य के?Bizmandu
- Padel’s Olympic ambitionAl Jazeera
- Kathmandu cruise to nine-wicket win over Biratnagar, climb to secondKathmandu Post