लुम्बिनी लायन्स पछिल्ला १० खेलयता अपराजित, लगातार जितको रहस्य के?
Read the full story at Bizmandu
काठमाडौं। एनपीएलको साविक विजेता लुम्बिनी लायन्सको लय यसपालि पनि निकै लोभलाग्दो छ। दोस्रो संस्करणको लिग चरणमा सुदूरपश्चिम रोयल्ससँग पराजय ब्यहोरेपछि उसले यो सिजनसम्म एउटै खेल हारेको छैन। दुई संस्करणमा गरेर लुम्बिनी १० खेलयता अपराजित छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर ८ विकेट गुमाएर १३३ रनमा समेटियो।
लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा कायम रहन सफल भयो। लुम्बिनीले यसपालि टोलीमा धेरै परिवर्तन गरेको छैन। विदेशी खेलाडीसमेत पुरानैलाई निरन्तरता दिएको लुम्बिनीको टिम गेम गज्जबको छ। लुम्बिनीले जारी संस्करणमा सुदूरपश्चिम, पोखरा र जनकपुरलाई हराउँदा चितवनसँगको खेल वर्षाले रद्द भएको थियो। लुम्बिनीका प्रशिक्षक टिनु योहानन जितको कारण टिम गेम देख्छन्। ‘खासै रहस्य छैन,’ जनकपुरविरुद्धको जितपछि उनले भने, ‘आजको खेल हेर्नुभयो भने पनि कहिले यता, कहिले उता भइरहेको थियो।
टस हारेको क्षण निकै महत्त्वपूर्ण थियो। तर पनि खेलाडीहरूले परिस्थितिमा कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरा नै मुख्य हो।’ पोखराविरुद्ध रोहित पौडेल र निरोशन डिक्वेलाको ब्याटिङ। उनका अनुसार टिमलाई धेरै पटक कठिन अवस्था आयो र हरेक पटक कुनै न कुनै खेलाडीले जिम्मेवारी लिए। ‘यो सामूहिक प्रयास हो।
More sports
- लुटपाटमा संलग्नलाई पक्राउ गर्न काठमाडौँ प्रहरीले चलायो गोलीNepal Khabar
- Ranji Trophy: Aniketh and Rakshann’s last-wicket heroics win it for HyderabadThe Hindu
- Ronaldo in records: International milestones from the football iconAl Jazeera
- Ajith Ram’s seven-wicket haul helps TN wrap up facile win against ChandigarhThe Hindu
- What new Kane deal means for England and the Premier League recordBBC
- प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोज्ने युवकलाई गोली हानेर नियन्त्रणमाSetopati