आर्थिक र सांस्कृतिक पक्ष जोड्दै छठ
Read the full story at Nagarik News

छठ पर्वले तराई–मधेसका गाउँबस्ती मात्र होइन सहर, बजार र पहाडसम्म धार्मिक तथा सांस्कृतिक चहलपहल बढेको छ। सूर्यको उपासना गरी मनाइने यो पर्वले धार्मिक रौनक मात्र बढाएको छैन, पुस्तौंदेखि बाँसका सामग्री बनाउँदै आएका डोम तथा मरिक समुदायको जीविकोपार्जनमा समेत आशा जगाएको छ। पर्व नजिकिएसँगै बाँसका ढाकी, कोनिया, नाङ्लो र डालीको माग बढेको छ। अर्कातर्फ, विभिन्न समुदायको सहभागिताले छठ धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ भने छठघाट सजाउने र पूजाका सामग्री जुटाउने कामले तीव्रता पाएको छ।
छठ पूजा नजिकिँदै गर्दा बाँसले बनेका सामग्रीको किनमेल बढेको छ। विशेषगरी तराई–मधेसका जिल्लाका व्रतालुले छठ पूजामा बाँसबाट बनेका सामग्री प्रयोग गर्ने भएकाले यसको माग बढेको हो। छठ पूजा सामग्री राख्नका लागि बाँसका टोकरी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पंखालगायत सामान अपरिहार्य हुने गरेको छ। डोम सामुदायले बनाउने यी सामग्रीको बजारबाट व्रतालुले छठ पूजाका लागि किन्ने गरेका छन्।
पर्साको वीरगन्ज, बाराको कलैया, जितपुरलगायतका बजारहरूमा बाँसले बनाइएका सामग्रीको ठुलो माग रहेको छ। डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पंखा बनाउने पुर्ख्याैली पेसा मानिन्छ।
More business
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- प्लेअफ होडमा रोचक मोड : वार्नर बिना सुदूरविरुद्ध उत्रिँदै काठमाडौं, जोखिममा जनकपुरBizmandu
- ‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्योNagarik News