Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

Read the full story at Onlinekhabar (Nepali)

पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

२५ कात्तिक, स्याङ्जा । नगरपालिका बनेको एक दशक बितिसक्दा पनि स्याङ्जाको गल्याङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बसपार्कका लागि जग्गा खरिद गरेको वर्षौं बिते पनि निर्माण अघि बढ्न नसक्दा सवारीसाधन राजमार्गमै पार्किङ गर्नुपर्ने बाध्यता छ । पाँच वर्षअघि शिलान्यास गरिएको आयोजना अझै अलपत्र छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नगरपालिकाका लागि यात्रु विश्रामस्थल र सार्वजनिक शौचालयसहितको बसपार्कलाई न्यूनतम सहरी सुविधाका रूपमा राखेको छ । तर, गल्याङ नगरपालिकाले आवश्यक पूर्वाधार तयार गर्न नसक्दा यात्रु र स्थानीय व्यवसायीले सास्ती खेपिरहेका छन् । गल्याङ नगरपालिका–३ र ११ को फलाङ तथा मुड्कीलामा बसपार्क निर्माणका लागि नगरपालिकाले चार जना जग्गाधनीबाट करिब चार रोपनी जग्गा खरिद गरेको छ । साविक जगत्रदेवी–८ का कित्ता नम्बर १८३५, १८३६, १८६३ र १८६४ तथा साविक तुलसीभञ्ज्याङ–८ का कित्ता नम्बर २७, ३३, ४४ र ५५५ को जग्गा खरिद गरिएको हो ।

उक्त जग्गा डण्डापानी न्यौपाने, धर्मराज अर्याल, हिमलाल भट्टराई र प्रकाश भट्टराईबाट खरिद गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए । नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाका अनुसार सडक मुनिको करिब चार रोपनी जग्गा प्रतिरोपनी दुई लाख ८४ हजार रुपैयाँका दरले खरिद गरिएको हो । सार्वजनिक जग्गा प्राप्तिको प्रक्रिया भने अझै पूरा भएको छैन ।