उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते
Read the full story at Nepal Khabar

मंगलबार दिउँसो त्रियुगा नगरपालिका- १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नं. को ईभी गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक राज कुमार खड्काको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। १) गाडी चालक जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष अ. ४२ को कृष्ण के.सी. को अवस्था मध्यम। २) जिल्ला झापा सुरुङ्गा न.पा. वडा नं. ३ बस्ने वर्ष अ. ४० की रेणुका प्रसाईको अवस्था मध्यम। ३) सोही स्थान बस्ने निजको छोरा वर्ष अ.
१४ को नैन प्रसाईको सामान्य। ४) जिल्ला मोरङ उर्लाबारी न.पा. वडा नं. ३ बस्ने वर्ष अ. ५० की निल कुमारी लम्सालको अवस्था मध्यम। ५) जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. १२ बस्ने वर्ष अ. ४३ की मुना ढकालको अवस्था मध्यम। ६) जिल्ला उदयपुर बेलका न.पा. वडा नं. १ बस्ने वर्ष अ. ३८ को प्रबिन तामाङको अवस्था मध्यम।
७) जिल्ला मोरङ सुन्दर हरैचा न.पा. वडा नं. ४ बस्ने वर्ष अ. ७० को अमृत बहादुर खड्काको अवस्था सामान्य। ८) जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. ८ बस्ने वर्ष अ. ३७ की रन्जिता गौतमको अवस्था मध्यम। ९) जिल्ला उदयपुर चौदण्डिगढी न.पा. वडा नं. १० बस्ने वर्ष अ. २५ की जमुना परियार बि.क. को अवस्था मध्यम।
More politics
- मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने किशोरको मृत्यु, चालक गम्भीर घाइतेNepal Khabar
- भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाहNepal Khabar
- आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव, कोसी सरकारले प्रदेश भाषा दिवसको रूपमा मनाउनेNepal Khabar
- फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेलNepal Khabar
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिनेNepal Khabar