आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव, कोसी सरकारले प्रदेश भाषा दिवसको रूपमा मनाउने
Read the full story at Nepal Khabar

कोसी प्रदेश सरकारले प्रदेशमा बहुभाषिक पहिचानलाई संस्थागत गर्दै प्रत्येक वर्षको कात्तिक २५ गतेलाई 'कोशी प्रदेश भाषा दिवस'को रूपमा मनाउँदैछ। राष्ट्रिय विभूति किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मोत्सवलाई कोसी प्रदेश सरकारले प्रदेश भाषा दिवसको रूपमा बनाउन यसैवर्ष देखि सुरु गरेको हो।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले यसअघि नै प्रदेशका विभिन्न भाषा तथा मातृभाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई आजकै मितिदेखि कार्यान्वयनमा ल्याइने बताएका थिए। मुख्यमन्त्री कार्कीले भाषा केवल सञ्चारको माध्यम मात्र नभई कुनै पनि समुदायको पहिचान, इतिहास, सभ्यता, संस्कृति र मौलिकताको जीवन्त आधार रहेको उल्लेख गरे।
कोसी प्रदेश सरकारले यहाँका सबै जनजाति, भाषा, धर्म, संस्कृति, लिपि र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्दै विविधताबीचको एकतालाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ। सीमित स्रोत र साधनका बाबजुद पनि प्रदेशमा बोलिने सबै भाषाको संरक्षण र विकासका लागि आवश्यक नीति, कानुन तथा कार्यक्रममार्फत सरकार निरन्तर अघि बढ्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्वता जनाए।
More politics
- मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने किशोरको मृत्यु, चालक गम्भीर घाइतेNepal Khabar
- उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइतेNepal Khabar
- भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाहNepal Khabar
- फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेलNepal Khabar
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar
- मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिनेNepal Khabar