बोपाराको अर्धशतक तर चितवनलाई हराएर शीर्ष स्थानमा उक्लियो काठमाडौं
Read the full story at Bizmandu
काठमाडौं। काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)को शीर्षस्थानमा उक्लिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आज सम्पन्न दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौं शीर्षमा उक्लिएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदे १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवन ७ विकेट गुमाएर १७० रनमा समेटियो।
कुशल मल्ल र रवि बोपारा क्रिजमा। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू चितवनका लागि रवि बोपाराले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५५ रन तथा कामिल मिश्राले २८, अर्जुन साउदले २३ तथा डान मौस्लेले २९ रनको योगदान दिए पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन्। चितवनलाई रोक्न काठमाडौंका शेहान अराचिगेले २ विकेट लिँदा करण केसी, जहानदाद खान, सन्तोष यादव र गणेश सुवेदीले समान १ विकेट लिए। काठमाडौंको कसिलो बलिङसामू चितवनको ब्याटिङ संघर्ष। त्यसअघि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले पहिलो विकेटका रुपमा आफ्ना ‘प्रिमियम’ ब्याटर डेभिड वार्नरलाई गुमायो। उनले ६ बलमा १ रन बनाएर कमलसिंह ऐरीको बलमा बोल्डआउट हुन पुगे। अर्का ओपनर साहिल पटेल पनि ८ रनमै आउट हुँदा त्यसपछिका ब्याटरले इनिङ्स सम्हाले।
More environment
- काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्यNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- Witnesses recount struggle to save people buried in ‘horrifying’ Gaza landslideThe Guardian
- Puducherry records ‘very poor’ air quality on Deepavali dayThe Hindu