नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति
Read the full story at Nagarik News

तिहारका अवसरमा कपिलवस्तुका १० वटा पालिकामा स्थापना गरिएका ३ सय ७ वटा लक्ष्मीका मूर्तिहरू शान्तिपूर्ण रूपमा विसर्जन गरिएको छ। साम्प्रदायिक दृष्टिले संवेदनशील मानिएको सीमावर्ती कृष्णनगर क्षेत्रमा ड्रोन र सीसीटीभी क्यामेराको निगरानीसहित सुरक्षा घेराभित्र मूर्ति विसर्जन गरिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर बजार क्षेत्रदेखि मूर्ति सेलाउने स्थान कृष्णनगर नगरपालिका-१ स्थित बढइया पोखरीसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
सम्भावित अप्रिय घटना रोक्न सीमावर्ती साना नाकाहरूमा दिनभर निगरानी कडा बनाइनुका साथै भारतीय समकक्षी सुरक्षाकर्मीहरूसँग समेत समन्वय गरिएको थियो। कृष्णनगरमा सम्भावित तनाव रोक्न सूर्यास्तअघि नै मूर्ति विसर्जन गरिसक्नुपर्ने स्थानीय नियम बनाइएको थियो। तर, मूर्ति विसर्जनको प्रक्रिया रातिसम्मै चलेको थियो।
स्थानीय बासिन्दा नाचगानसहित सहभागी भएर सवारीसाधनमा मूर्ति राखी कृष्णनगर बजार परिक्रमा गराउँदै विसर्जन स्थलसम्म पुगेका थिए। सुरक्षाकर्मीहरू बिहीबार दिउँसोदेखि रातिसम्मै सडकमा तैनाथ रहेका थिए। शान्ति सुरक्षाको वस्तुस्थिति बुझ्न प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्रहरी उपरीक्षक मनोहर भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेसहितको टोली बिहानै कृष्णनगर पुगेको थियो।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar