३० वर्षअघिको खेल दोहोर्याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल
Read the full story at Onlinekhabar (Nepali)

प्रहरी विवादको दृश्यमा दानबहादुर कार्की र मनोज केसी देखिए पनि रास्वपाभित्रको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेका भिन्न रुचिहरू सम्भवतः गृहमन्त्री सुदनले आकलन पनि गर्न सकेका छैनन् । १८ कात्तिक, काठमाडौं ।
आईजीपी फेरबदल कतिसम्म नियोजित तयारीका साथ भएको थियो भन्ने बुझ्न सरकारका प्रवक्ता सस्मित पोखरेल र रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएका दुई अलग अभिव्यक्ति काफी छन् । बुधबार मन्त्रिपरिषद् बैठकपछि शिक्षामन्त्री तथा सरकारका प्रवक्ता पोखरेलले आफ्नो पार्टी अर्थात् रास्वपाको समेत निर्देशन पाएर दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई ल्याएको दाबी गरे । अनलाइन पत्रिकाहरूका मुख्य हेडलाइनबाट पोखरेलको अभिव्यक्ति झर्न नपाउँदै रास्वपा प्रवक्ता जगदीश खरेलले उक्त भनाइ सही नभएको टिप्पणी गरे ।
आईजीपी फेर्ने कुनै पनि निर्देशन पार्टीको नभएको उनले प्रतिदाबी गरे । राज्यको कानुन बलपूर्वक लागु गर्ने अधिकार पाएको सबैभन्दा संवेदनशील अंग नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने वा हटाउने भन्ने विषयमा जुन सुझबुझ हुनुपथ्र्यो, त्यो पटक्कै देखाइएको थिएन भन्ने दृष्टान्त दिन एउटै दलका यी दुई नेताका अभिव्यक्ति पर्याप्त छन् । हेर्दा कार्की र केसी दृश्यमा देखिए पनि सत्ताराजनीतिको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ ।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)Nepal Khabar