लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम, काठमाडौं ३६ रनले विजयी
Read the full story at Nepal Khabar

काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रामा पूर्णविराम लागेको छ। यससँगै काठमाडौंसँगको हारले लुम्बिनीको दुई खेल अगावै प्लेअफ पुग्ने बाटो लम्बिएको छ। यो जितसँगै काठमाडौं अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी तीन बल अगावै १२४ रनमा अलआउट भयो। ४.३ ओभरमा नै ६ विकेट गुमाएर लुम्बिनी संकटपूर्ण अवस्थामा पुगेको थियो।
पावर प्लेमा ३४-६ को अवस्थामा रहेको लुम्बिनी त्यसपछि खेलमा फर्कन सकेन। काठमाडौंका बलरसामु लुम्बिनीका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। काठमाडौंका लागि जहानदाद खानले चार र करण केसीले दुई विकेट लिए। साहब आलम, सन्तोष यादव, सेहान र रासिद खानले समान एक विकेट लिए। त्यसअघि कीर्तिपृुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो।
पहिलो विकेटका लागि ओपनर डेविड वार्नर र शाहिल पटेलले १३.२ ओभरमा १०४ रनको साझेदारी गरे। ३६ बलमा दुई चौका र दुई छक्काका सहयोगमा ३८ रन बनाएका शाहिल शेर मल्लको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। त्यस्तै, वार्नर ४९ बलमा नौ चौका र एक छक्काका सहयोगमा ६६ रन बनाउँदा शेर मल्लकै बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। सहान ३४ रनमा अविजित रहे।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar