Skip to main content
समाजOnlinekhabar (Nepali)

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

Read the full story at Onlinekhabar (Nepali)

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

देविघाट बजारबाट विस्थापित भएर लामिबगैंचा पुगेका ३० परिवारका करिब एक सय जना बाढी प्रभावित यसैगरी निराशाबीच तिहारको समय गुजारिरहेका छन् । आफन्तको शोकका कारण धेरैजसोले दशैँ पनि मनाएनन् । २५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ ।

झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा भने तिहारको कुनै उमंग र उत्साह छैन । भदौ १० गतेको भोटेकोशी बाढीमा आफन्त, परिवार, घरवास, थातथलो र सम्पत्ति गुमाएका नागरिक चाडपर्वको यो समयमा पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् । बाढीपछि विस्थापित भएर दिन काटिरहेका नुवाकोटको लामिबगैंचा, बाँडाचौतारा र पिपलटार तथा रसुवाको बेत्रावती र स्याफ्रुबेंसीलगायतका क्षेत्रमा रहेका शिविर अहिले सुनसान र उराठलाग्दा छन् ।

त्यहाँका विस्थापितको दैनिकीमा रौनकताभन्दा निराशा बढी देखिन्छ । शिविरमा साना बालबालिका पिङमा रमाइरहेका भेटिए पनि उनीहरूका अभिभावकका लागि भने उज्यालो तिहार निस्पट्ट अँध्यारोजस्तै बनेको छ । बाढीमा बेपत्ता भएका र ज्यान गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका उनीहरू पीडा पोख्दै भन्छन्, ‘बितेका आफन्तको यादले चाडपर्वमा झन् सताउँदोरहेछ ।