एन्ड्रोइड अटो र एप्पल कारप्लेसहित हिरो एक्सपल्स ४५० सार्वजनिक, ४२१ सीसीको लिक्विड कुल्ड इन्जिन
Read the full story at Bizmandu
काठमाडौं। भारतीय दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल एक्सपल्स ४५० सार्वजनिक गरेको छ। कम्पनीले ४२१ सीसीको लिक्विड कुल्ड इन्जिनसहित सार्वजनिक गरेको यो मोटरसाइकलमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सुविधा समेत उपलब्ध गराएको छ। एक्सपल्स सिरिजको फ्ल्यागसिप मोडलका रुपमा ल्याइएको एक्सपल्स ४५० मा जडान गरिएको ४२१ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ९ हजार १०० आरपीएममा ४६.७ एचपी पावर र ७ हजार ५०० आरपीएममा ३८ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड गियरबक्स र स्लिप एन्ड असिस्ट क्लच छ। यसको पावर र टर्क एक्सपल्स २१० को तुलनामा निकै बढी छ।
एक्सपल्स २१० ले २४.६ एचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ। एक्सपल्स ४५० मा केवाईबीको ४३ एमएम कार्ट्रिज टाइप यूएसडी फ्रन्ट सस्पेन्सन छ। यसको फ्रन्ट सस्पेन्सनमा २२५ एमएम ट्राभल उपलब्ध छ। यो एक्सपल्स २१० को तुलनामा १५ एमएम बढी हो। फ्रन्ट सस्पेन्सनमा कम्प्रेसन र रिबाउन्डका लागि २२ स्टेपसम्म एड्जस्ट गर्न मिल्ने सुविधा छ। यसले कठिन र असमान सडकमा समेत राइडिङ सहज बनाउने अपेक्षा गरिएको छ।
पछाडिको सस्पेन्सनको विस्तृत विवरण भने कम्पनीले सार्वजनिक गरेको छैन। मोटरसाइकलमा ट्युबलेस स्पोक ह्विल छ। अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर प्रयोग गरिएको छ। यी विशेषताले मोटरसाइकल अफरोड राइडिङका लागि तयार पारिएको बुझिन्छ।
More business
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ग्रामिण लघुवित्तको नाफा ७४.९४ प्रतिशतले घटेर ३ करोडमा सीमित, खराब कर्जा ११.८९ प्रतिशतBizmandu
- रि-इन्स्योरेन्स कम्पनीले बढाए सेयर बजार सूचक, ७ अर्ब ४३ करोड रुपैयाँको कारोबारBizmandu