ग्रामीण लघुवित्तको नाफा ७४.९४ प्रतिशतले घटेर ३ करोडमा सीमित, खराब कर्जा ११.८९ प्रतिशत
Read the full story at Bizmandu
काठमाडौं। ग्रामीण विकास लघुवित्तको नाफा घटको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा लघुवित्तको नाफा ७४.९४ प्रतिशतले खुम्चिएर ३ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ। पोहोर यसै अवधिमा लघुवित्तले १२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो। ब्याज आम्दानीमा सुधार देखिए पनि खराब कर्जा बढेर प्रोभिजनिङ थपिंदा यसपालि लघुवित्तको नाफा प्रभावित भएको हो। असोज मसान्तसम्म लघुवित्तले सम्भावित कर्जा नोक्सानीका लागि ९ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ रकम छुट्याएको छ।
पोहोर सोही अवधिमा कम्पनीले कर्जा नोक्सानीका लागि १ करोड ५६ लाख रुपैयाँ छुट्याएको थियो। पोहोर असोजमा ४.६९ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा चालु आवको असोज मसान्तमा ११.८९ प्रतिशत पुगेको छ। लघुवित्तको ब्याज आम्दानीमा भने झिनो सुधार भएको छ। चालु आवको तीन महिनामा लघुवित्तको ब्याज आम्दानी ३.२३ प्रतिशतले बढेर ३४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। नाफा घटेसँगै त्यसको असर लघुवित्तको प्रति सेयर आम्दानीमा परेको छ। असोज मसान्तसम्म लघुवित्तको प्रति सेयर आम्दानी १२.१६ रुपैयाँ झरेको छ।
पोहोर यसै अवधिमा प्रति सेयर आम्दानी ४९.६८ रुपैयाँ थियो। लघुवित्तको वितरणयोग्य नाफा ७६ लाख ४० हजार रुपैयाँ छ। पुँजीकोष अनुपात ११.२२ प्रतिशत पुगेको छ। The post ग्रामीण लघुवित्तको नाफा ७४.९४ प्रतिशतले घटेर ३ करोडमा सीमित, खराब कर्जा ११.८९ प्रतिशत appeared first on BIZMANDU .
More business
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- TMC's Derek O'Brien shares 2025 Rajya Sabha video to counter Amit Shah’s challenge on SIR debateThe Hindu
- १ करोडसम्मका देवानी विवादमा अदालत जानुअघि मेलमिलापको प्रस्तावOnlinekhabar (Nepali)