Skip to main content
राजनीतिNagarik News2 outlets covering

लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम

Read the full story at Nagarik News

लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम

तीव्र गतिका बलर जाहानदाद खान र करण केसीको सनसनीपूर्ण बलिङ प्रेरणामा काठमान्डु गोर्खाजले तेस्रो जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ । कीर्तिपुरमा शनिबार पाकिस्तानी बलर जाहानदाद र करण चम्किँएपछि काठमान्डुले लुम्बिनीमाथि ३६ रनको जित रच्यो । यससँगै शीर्ष स्थानको लुम्बिनीको अपराजित यात्रा पाँचौं खेलबाट पूर्णविराम लाग्यो । त्रिवि क्रिकेट स्टेडियममा काठमान्डुले १६१ रनको लक्ष्य दियो । तर, लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो । मध्य क्रमका ब्याटर सन्दीप जोराले ४४ रन बनाए । यसबाहेक ब्याटर लामो समय टिक्न सकेनन् ।

४.३ ओभरमा २८/६ को धरासयी स्थितिबाट सन्दीपले लुम्बिनीको इनिङ समाले । तर, जित दिलाउन सफल भएनन् । १८औं ओभरमा आउट हुनुअघि उनले ४५ बलमा तीन चौका हिर्काए । करण र जाहानदादले संयुक्त ६ विकेट लिँदै जितको आधार बनाए । पाँचौं ओभरभित्र नै यी दुईले शीर्ष क्रमका ६ ब्याटर सस्तैमा आउट गर्दै लुम्बिनीलाई नाजुक स्थितिमा पुर्‍याए । ४.३ ओभरमा लुम्बिनी २८/६ को धरासयी स्थितिमा थियो । तथापि सातौं विकेटका लागि सन्दीप र रुबेल ट्रम्पलमेनले इनिङ समाल्ने प्रयास गरे ।

तर ट्रम्पलमेन ११ रनमा आउट हुन पुगे । उनलाई युवा स्पिनर सन्तोष यादवले बोल्ड गरे । यसअघि जोरा र ट्रम्पमेनबीच २१ रनको साझेदारी बन्यो । ९.१ ओभरमा लुम्बिनी ४९/७ को अवस्थामा थियो । तर एक छेउबाट जोराले इनिङ समाले ।