एनपीएल: शीर्षस्थानमा बलियो बन्दै लुम्बिनी, जनकपुरमाथि १६ रनको जित
Read the full story at Bizmandu

काठमाडौं। लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले हराएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर ८ विकेट गुमाएर १३३ रनमा समेटियो।
लुम्बिनीले दिएको लक्ष्य पछ्याउने क्रममा जनकपुरका कप्तान हरमीत सिंहले सर्वाधिक ३३ रन बनाउँदा आदित्य महताले ३० तथा सैफ हसनले २८ रन बनाए। जनकपुरलाई रोक्न लुम्बिनीका डार्सी सर्टले ३ विकेट लिँदा र किफायति बलिङ गरेका तिलकराज भण्डारी र शेर मल्लले समान २ विकेट लिए। रुबेन ट्रम्पलमेनले १ विकेट लिए। जनकपुरको ब्याटिङ। त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट १४९ रन बनाएको थियो।
अन्तिम दुई ओभरमा मात्रै २४ रन बनाउँदै लुम्बिनीले इनिङ्स उकासेको थियो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा लुम्बिनीका ओपनर डार्सी सर्टलाई ललित राजवंशीले रोयल डकआउट गर्दै जनकपुरलाई पहिलो सफलता दिलाएका थिए। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउँदा निरोशन डिक्वेलालले २७, दीलिप नाथले २५ तथा आशिफ शेखले २१ रन बनाए।
More business
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्थाNepal Khabar
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- साढे २४ खर्बका २३ परियोजनामा लगानी खोज्दै सरकारNepal Khabar
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar