शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने
Read the full story at Onlinekhabar (Nepali)

संस्थापन र देउवा समूहको महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेता डा. शेखर कोइराला पार्टी एकताका लागि भन्दै देशव्यापी अभियान चलाउने तयारीमा छन् । २७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ ।
उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर महाधिवेशनको तयारीमा छ । पार्टीको संस्थापन पक्ष र देउवा समूह आ–आफ्नै ढंगले अघि बढिरहेका बेला १४औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइराला भने दुवै पक्षका महाधिवेशन प्रक्रियामा सहभागी भएका छैनन् । पार्टीभित्रको यो परिस्थितिमा कोइराला कुन पक्षमा उभिन्छन् वा दुवै पक्षलाई मिलाउन कस्तो भूमिका खेल्छन् भन्ने विषय अहिले कांग्रेस वृत्तमा चासोको विषय बनेको छ ।
तर, संस्थापन र देउवा समूहको महाधिवेशनमा सहभागी नभएका नेता कोइराला भने पार्टी एकताका लागि भन्दै देशव्यापी अभियान चलाउने आन्तरिक तयारीमा देखिएका छन् । कांग्रेसभित्र दुईवटा महाधिवेशन र समानान्तर नेतृत्वको अभ्यासले पार्टी विभाजनको जोखिम बढेको भन्दै नेता कोइराला दुवै पक्षबाट अलग रहेर पार्टी एकताको अभियान अघि बढाउने तयारीमा जुटेका हुन् ।
More politics
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- छठ पूजाका लागि निकितासँगै गंगासागरमा उभिँदै रविNepal Khabar
- नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिलेNepal Khabar