बाढीग्रस्त फोर्से– न दसैंले छोयो, न तिहारको रौनक (तस्बिरहरू)
Read the full story at Setopati
-ink-1794029092.jpeg&w=1920&q=70)
पर्वतको जलजला गाउँपालिका–८ मा पर्ने फोर्से बजारका ७५ घर–टहरा बाढीले बगाएपछि सयौँ नागरिक घरबारविहीन बनेका छन्। उच्च जोखिममा रहेका २७ घरका स्थानीय घर मर्मत गरेर बस्न थालेका छन्। सामान्य क्षति पुगेको घरमा मर्मत गरेर बसेका स्थानीय रातिमा निदाउन सक्दैनन्। कतिबेला बाढी आएर बगाउँछ कि भन्ने त्रास उनीहरूमा छ। केही पीडित दसैँअगावै टेन्ट छोडेर गएका थिए भने केहीले दसैँपछाडि छोडे। बाढीले घर बगाएपछि आफन्तकहाँ आश्रय लिँदै आएका टीकाराम क्षेत्रीले घरसँगै भाडाकुँडा, लत्ता कपडासहित सबै सामान बगाएको सुनाए। ‘घरसँगै हाम्रो सबै सम्पत्ति बाढीले बगायो। अहिले आफन्तको घरमा सिंगो परिवार नै बसेका छौँ,’ क्षेत्रीले भने, ‘दसैँ आयो, गयो।
फेरि तिहार आयो। साना छोराछोरी छन्। उनीहरुले राम्रो लगाउने, मिठो खाने भन्छन्। पैसा छैन कहाँबाट लिएर उनीहरुलाई मिठो खुवाउने ? नयाँ लुगा किनिदिने ? निकै पीडा पर्यो। ’ ‘अब कहाँ बस्ने ? कहाँ जाने ?
भएको यही घर थियो। त्यही पनि बाढीले बगाइदियो। हाम्रो त एक टुक्रा जमिन पनि छैन,’ उनले गहभर आँसु बनाइन्। सरकारले बस्ने घर बनाइदिए अरू केही चाहिने उनले बताइन्। ‘सरकारले बस्नलाई सानो–सानो घर बनाइदिए हामीलाई केही चाहिने थिएन। बुढेसकाल लाग्यो, काम गर्न पनि सकिँदैन। यस्तो बेला बाढीले बेघरबार बनायो,’ उनले सुनाइन्। व्यक्ति र संस्थाबाट राहत पाएको उनले बताए।
More environment
- भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सासNepal Khabar
- वायु प्रदूषण बढेपछि दिल्ली-एनसीआरमा कडा प्रतिबन्ध, धुलो उडाउने काम गर्न नपाइनेBizmandu
- 'श्रीमतीको मुद्दा सर्वोच्चमा विचाराधीन छ, स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ'Thaha Khabar
- India news: Vehicles major cause of Delhi pollution, top court saysDW
- ‘जलवायु वित्तमा ऋणको बोझ होइन, नेपालको अर्थतन्त्रलाई अनुदानको भर चाहिन्छ’Bizmandu
- जलवायु न्याय नेपालको अधिकार हो, कोप–३१ मा सशक्त आवाज उठाउँछौँ : मन्त्री चौधरीThaha Khabar