Skip to main content
खेलकुदBizmandu2 outlets covering

एनपीएलमा अब ‘प्लेअफ’ को होड, आजको दुई खेलले कस्तो पार्छ समीकरण?

Read the full story at Bizmandu

एनपीएलमा अब ‘प्लेअफ’ को होड, आजको दुई खेलले कस्तो पार्छ समीकरण?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको २८ खेलमध्ये आज १९ र २० औँ खेल हुँदैछ। अर्थात अब एनपीएलको लिग चरण सकिँदै जाँदा हरेक जित र हारले सिधा प्लेअफको समीकरणमा प्रभाव पार्नेछ। जारी लिगमा पोखरा एभेन्जर्सलाई छाड्ने हो भने बाँकी टिमहरुबीच प्लेअफका लागि चर्को प्रतिस्पर्धा छ। शीर्ष स्थानको लुम्बिनी ७ अंकसहित शीर्षमा रहँदा सातौँ स्थानको विराटनगर किंग्सको ४ अंक छ। विराटनगरसँगै कर्णाली र जनकपुरको पनि समान ४ अंक छ।

अर्थात दुई खेलमा यि टोली शीर्षस्थानको लुम्बिनीबाट २ खेलमात्रै टाढा छन्। यही स्थितिमा अरु सबै टोली पनि छन्। यस्तोमा आजबाट हुने हरेको खेल प्लेअफ समीकरणका लागि निकै महत्वपूर्ण बन्नेछन्। एनपीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दा दोस्रोमा चितवन राइनोज र काठमाडौं गोर्खाज भिड्नेछन्। एनपीएलमा सबैभन्दा कमजोर स्थितिमा रहेको टोली हो- पोखरा एभेन्जर्स।

चार खेल खेल्दा उसले सबैमा पराजय नै ब्यहोरेको छ। बाँकीका तीन खेल जितेर प्लेअफ पुग्ने उसको झिनो सम्भावना त बाँकी नै छ। यद्यपि उ शीर्षस्थानमा भने पुग्न सक्दैन। यो टोलीमा कुशल भुर्तेल, अर्जुन कुमाल जस्ता नेपाली खेलाडीसँगै मेहदी हसन, युवराज साम्राजस्ता विदेशी खेलाडी छन्। सकिव अल हसन भने अघिल्लो खेलबाटै छैनन्। पोखरासँग आज भिड्नेछ कर्णाली याक्स।