Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

सुर्खेतमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद

Read the full story at Onlinekhabar (Nepali)

सुर्खेतमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद

२३ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति करिब २ः४० बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। जुवातास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी निरीक्षक किसमत बुढामगरको कमान्डमा प्रदेश प्रहरी कार्यालयबाट १६ जना, प्रहरी निरीक्षक हिमाल थापामगरको कमान्डमा प्रदेश प्रहरी गणबाट २१ जना र प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमान्डमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना गरी ५२ जना प्रहरी परिचालन भएका थिए।

प्रहरीले घटनास्थलबाट आठ जना, जुवातास र नगद ३ लाख ७७ हजार ८५० रुपैयाँ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेको जनाएको छ।