‘स्कच ह्विस्की’को भौगोलिक संकेत मान्य, सर्वोच्चको फैसलामा इलामको चियादेखि मुस्ताङको स्याउसम्म
Read the full story at Bizmandu
काठमाडौं। स्कटल्याण्डमा उत्पादन हुने स्कच ह्विस्कीको नाम र पहिचान अब नेपालमा पनि कानुनी रूपमा संरक्षित हुने भएको छ। भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन–जीआई) संरक्षणका लागि छुट्टै कानुनसमेत नबनेको अवस्थामा सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय सन्धि र प्रचलित कानुनका आधारमा यस्तो संरक्षणको नजिर स्थापित गरेको हो।
सर्वोच्चको यो फैसला हालै सार्वजनिक पूर्णपाठसँगै सम्बद्ध क्षेत्रमा चर्चामा छ। यसले विदेशी उत्पादनको भौगोलिक पहिचान संरक्षण गर्ने बाटो खोल्नुका साथै इलामको चिया, मुस्ताङको स्याउ र पाल्पाली ढाकाजस्ता नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान संरक्षणको बहसलाई पनि नयाँ आधार दिएको छ। स्कच ह्विस्कीको नेपालमा पनि भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन- जीआई) संरक्षित हुने फैसला सर्वोच्चको गरेको छ।
रुपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सको मुद्दामा सर्वोच्चले भौगोलिक संकेतसम्बन्धी छुट्टै कानुन नेपालमा नभए पनि बौद्धिक सम्पत्तिसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, पेरिस सम्झौता र नेपाल सन्धि ऐनको व्यवस्थामा टेकेर यो फैसला गरेको हो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले मोहिनी हाइजिनको पुनरावेदन जिकिर नपुग्ने ठहर गर्दै उद्योग विभागको २०७४ मंसिर १० गतेको निर्णय सदर गर्ने उच्च अदालत पाटनको २०७५ असार १९ को फैसलालाई सदर गरेको छ।
More sports
- Top-four race goes down to the wire as NPL Season 3 nears league-stage conclusionKathmandu Post
- एनपीएलमा आज दुई खेल, काठमाडौं र चितवनको खेलले प्लेअफ समीकरणमा प्रभाव पार्नेThaha Khabar
- अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदकDC Nepal
- अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिरNagarik News
- सुर्खेतमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामदOnlinekhabar (Nepali)
- Olympic boxing champion Imane Khelif set for Paris returnThe Hindu