लक्ष्मीपूजामा बिजुलीको खपत बढ्दा पनि गर्नुपर्दैन आयात, ‘आन्तरिक उत्पादन नै पर्याप्त छ’
Read the full story at Bizmandu
काठमाडौं। तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ। तर, यो माग धान्न नेपालले भारतबाट बिजुली आयात गर्नुपर्ने छैन। नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने प्रक्षेपण गरेको छ। प्राधिकरणका अनुसार तिहारको समयमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने अनुमान छ।
यसअनुसार लक्ष्मीपूजाको साँझको उच्चतम मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुनेछ। आन्तरिक उत्पादनले माग धान्ने मात्र नभई अतिरिक्त विद्युत् निर्यात गर्न सक्ने अवस्थासमेत रहने प्राधिकरणको आकलन छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाका दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताएका छन्। मागभन्दा उत्पादन बढी हुने भएकाले उपभोक्तालाई नियमित र गुणस्तरीय विद्युत् उपलब्ध गराउन समस्या नहुने उनको दाबी छ। तिहारमा घर, पसल र सार्वजनिक स्थानमा झिलिमिली बत्ती बाल्ने चलनका कारण विद्युत् खपत बढ्ने गर्छ।
विशेषगरी लक्ष्मीपूजाको साँझ घरायसी प्रयोजनमा विद्युत्को माग उच्च हुन्छ। नेपालमा लक्ष्मीपूजाका दिनको अधिकतम माग पछिल्ला वर्षमा बढ्दै गएको छ। गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग १ हजार ६५० मेगावाट पुगेको थियो। त्यसअघि २०२४ मा १ हजार ६०२ मेगावाट थियो।
More business
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- जनक पाण्डेसँग पद्मा अर्यालका प्रश्न : श्रीमतीको जग्गादेखि भुटानी शरणार्थी प्रकरणसम्मThaha Khabar
- २०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?Nagarik News
- Paraguay's president impeached after collapse of bankBBC
- प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरुOnlinekhabar (Nepali)
- Top U.S., China officials raise trade 'concerns' as APEC approachesThe Hindu