Skip to main content
अर्थतन्त्रRatopati

राष्ट्र बैंकमा खुल्यो जागिर, ६१ जना कर्मचारी भर्ना गर्ने

Read the full story at Ratopati

राष्ट्र बैंकमा खुल्यो जागिर, ६१ जना कर्मचारी भर्ना गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक र सहायक सहित ६१ पदमा जागिर खुलाएको छ । बैंकले खुला प्रतियोगितात्मक हुने परीक्षामार्फत ती पदमा कर्मचारी छनोटका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै सहायक निर्देशक र सहायक पदका लागि आवेदन माग गरेको हो । जारी सूचनाअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ २६, लेखा तथा लेखा परीक्षणतर्फ तीन, वाणिज्य कानुनतर्फ दुई र सूचना प्रविधितर्फ चार पदमा भर्ना गरिनेछ । त्यसैगरी, सहायक (सहायक द्वितीय) प्रशासनतर्फ २६ जनाका लागि आवेदन खुलाइएको छ ।

कुल ६१ पदमध्ये विभिन्न समावेशी समूहका लागि समेत पद छुट्टाइएको बैंकले जनाएको छ ।