Skip to main content
अर्थतन्त्रRatopati

कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वान

Read the full story at Ratopati

कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वान

काठमाडौँ । नेपालले आफ्नै जलविद्युत् तथा स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आह्वान गरेको छ । आगामी पाँच वर्षभित्र वार्षिक करिब पाँच लाख मेट्रिक टन ग्रीन युरिया स्वदेशमै उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने महत्वाकांक्षी लक्ष्यसहित सरकारले लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आग्रह गरेको हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत बिहीबार टर्कीको अन्टाल्यास्थित नेपाल पेभिलियनमा आयोजित विशेष कार्यक्रममा उक्त योजनाबारे विस्तृत छलफल भएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमकी प्रमुख अतिथि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रीन हाइड्रोजनमा आधारित मल उद्योग स्थापना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

उद्योग स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने, प्रतिस्पर्धी बनाउन सहुलियत दरमा विद्युत् दिने, उपकरण तथा मेसिनरी आयातमा कर छुटलगायतका सहुलियत प्रदान गर्ने र आवश्यकताअनुसार नीतिगत तथा कानुनी संशोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।