राष्ट्रिय कार्यकर्ता भेलामा ३ हजार जना काठमाडौँ उतार्ने एमालेको तयारी
Read the full story at Nepal Khabar

नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने भएको छ। भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ।
बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो। बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टी पंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गर्ने लक्ष्य रहेको उनले बताए।
बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति रहेको थियो। भेलाको तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आआफ्नो प्रदेशबाट हुने सहभागिताबारे रिपोर्टिङ गरेका थिए।
More business
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- नेपाल एसबीआई बैंकले गर्यो ८.२५ प्रतिशत लाभांश बाँड्ने प्रस्तावNepal Khabar
- कोप–३१ : ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि नेपालको लगानी आह्वानRatopati
- राष्ट्र बैंकमा खुल्यो जागिर, ६१ जना कर्मचारी भर्ना गर्नेRatopati
- Court-appointed administrators to sound out investors for Nexperia stake amid Wingtech feudSouth China Morning Post
- Iranian activist and Nobel Peace Prize winner Narges Mohammadi shares her story in memoirDW