संसदीय सुनुवाइमा प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुँदैन ?
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित जनक पाण्डेलाई उनकी श्रीमतीसँग सम्बन्धित मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा उनी स्वयं त्यही अदालतको न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । ‘तपाईंकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्चमा छ । यस्तो अवस्थामा तपाईं सर्वोच्च अदालतमा न्यायाधीश भएर जाँदा स्वार्थको द्वन्द्व हुन्छ कि हुँदैन ?’ सांसद पुनले प्रश्न गरे ।
उनले सरकारी जग्गा कब्जासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध दुवै पक्ष सर्वोच्च अदालत गएको अवस्थासमेत औँल्याए । पुनले पाण्डेकी श्रीमतीसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा न्यायिक निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने बताए । ‘स्वार्थ बाँधिनेहरूमा अलग हुने परम्परा छ, निःसन्देह । तर त्यहीँका कर्मचारी साथीभाइ नै हुन्छन् भन्ने प्रश्न पनि उठ्छ,’ पुनले भने, ‘यसलाई कसरी डिफेन्ड गर्नुहुन्छ ?
वास्तविक कुरा के हो ? समितिलाई चित्तबुझ्दो जवाफ दिनुपर्छ । ’ एमाले सांसद अर्यालले पनि स्वार्थको द्वन्द्व नहुने आधार स्पष्ट पार्न पाण्डेसँग आग्रह गरिन् । ‘स्वार्थको द्वन्द्व रहँदैन भन्ने आधार कसरी प्रस्तुत गर्नुहुन्छ ?’ उनले सोधिन् ।
More environment
- भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सासNepal Khabar
- वायु प्रदूषण बढेपछि दिल्ली-एनसीआरमा कडा प्रतिबन्ध, धुलो उडाउने काम गर्न नपाइनेBizmandu
- 'श्रीमतीको मुद्दा सर्वोच्चमा विचाराधीन छ, स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्नुहुन्छ'Thaha Khabar
- India news: Vehicles major cause of Delhi pollution, top court saysDW
- ‘जलवायु वित्तमा ऋणको बोझ होइन, नेपालको अर्थतन्त्रलाई अनुदानको भर चाहिन्छ’Bizmandu
- जलवायु न्याय नेपालको अधिकार हो, कोप–३१ मा सशक्त आवाज उठाउँछौँ : मन्त्री चौधरीThaha Khabar