जापानमा ५.७ म्याग्निच्युडको भूकम्प
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, टोकियो (रासस/एएफपी)। मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो ।
भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन । भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त नभए पनि पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र ¥याकमा राखिएका सामान खसेका छन् । आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार सामान्य चोटपटक लागेका १६ जनाबारे जानकारी प्राप्त भएको छ । छिमेकी सिजुओका क्षेत्रका अधिकारीहरूले कम्तीमा तीन महिलाले उपचारका लागि अस्पताल पुगेको बताएका छन् ।
तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो । स्थानीय पत्रिका चुनिची सिम्बुन र तोकाई टेलिभिजनले छुट्टाछुट्टै समाचारमा आइची र सिजुओका क्षेत्रमा कम्तीमा २४ जना घाइते भएको जनाएका छन् । आइचीको तोयोहासी सहरमा एउटा कार प्रदर्शनी कक्षका झ्यालका सिसा फुटेका छन् । त्यस्तै, टोयोटा सहरको ठूलो पुस्तक पसलमा दराजबाट किताब तथा अन्य सामान खसेका छन् ।
More environment
- How China’s clean-tech machine is reshaping the global climate fightKathmandu Post
- Jijivisha stitched Everest onto a red-carpet suit. Nothing came from Paris, Milan or New York.Kathmandu Post
- सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्धNepal Khabar
- भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षतिOnlinekhabar (Nepali)
- Cop31: what is at stake at the UN climate summit and what can it achieve?The Guardian
- घोप्टेभिरको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्योNagarik News