Skip to main content
वातावरणOnlinekhabar (Nepali)

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति

Read the full story at Onlinekhabar (Nepali)

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति

सरकारले प्राविधिक अध्ययन गरेर पुनर्निर्माण मोडालिटी टुंग्याएपछि मात्रै अघि बढ्ने छ । बाढीपछि आयोजना पुरानै डिजाइनमा निर्माण गर्न सकिने अवस्था छ कि छैन भन्ने विषय समेत स्पष्ट छैन । राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब ८३ करोड बराबरको क्षति भएको हो । आयोगले गत शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो ।

प्रारम्भिक विवरण अनुसार विनाशकारी बाढीले अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको छ । जसमा पूर्वाधार क्षेत्र अन्तर्गत ऊर्जा क्षेत्रमा उक्त मात्रामा क्षति पुगेको देखाएको हो । ऊर्जा क्षेत्र पुनरुत्थानमा २ खर्ब १८ अर्ब ५८ करोड बराबर लाग्ने छ । बाढीका कारण सार्वजनिक र निजी क्षेत्रमा ८९ अर्ब २६ करोड बराबर हानि तथा ४३ अर्ब ५६ करोड बराबर नोक्सानी भएको छ ।

जसमा सार्वजनिक क्षेत्रतर्फ ८२ अर्ब ७९ करोड र ५० अर्ब ३ करोड बराबर हानि–नोक्सानी भएको आयोगको मूल्यांकनले देखाएको हो । बाढीका कारण रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । जसमा ७ निजी क्षेत्र र ७ नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनी छन् । त्यसबाहेक ६ सबस्टेसन, प्रसारण लाइन, वितरण लाइन तथा पोलमा क्षति पुगेको छ ।