चितवनसामू वार्नर नचल्दा राशिदको अर्धशतक, रिजनले लिए काठमाडौंको तीन विकेट
Read the full story at Bizmandu
काठमाडौं। काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले पहिलो विकेटका रुपमा आफ्ना ‘प्रिमियम’ ब्याटर डेभिड वार्नरलाई गुमायो।
उनले ६ बलमा १ रन बनाएर कमलसिंह ऐरीको बलमा बोल्डआउट हुन पुगे। अर्का ओपनर साहिल पटेल पनि ८ रनमै आउट हुँदा त्यसपछिका ब्याटरले इनिङ्स सम्हाले। काठमाडौका लागि राशिद खानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५२ रन बनाउँदा साहान अरागिचेल ३३, विल बोसिस्टोले २७ तथा कप्तान करण केसीले २० रन बनाए। बलिङमा चितवनका रिजन ढकालले सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी र सिकन्दर राजाले समान २ विकेट लिए।
डान मौस्लेले १ विकेट लिए। मोहम्मद आदिल आलमको विकेट रिजन ढकालले लिए। चितवन जवाफी ब्याटिङमा उत्रिँदै छ। The post चितवनसामू वार्नर नचल्दा राशिदको अर्धशतक, रिजनले लिए काठमाडौंको तीन विकेट appeared first on BIZMANDU .
More environment
- घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्यNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- At peak of air pollution on Deepavali night, data goes missing at several govt monitoring stations in DelhiThe Hindu
- COP31: Betting on electricity to break the climate deadlockFrance 24