Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

Read the full story at Onlinekhabar (Nepali)

सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

१९ कात्तिक, काठमाडौं । नेपालको सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डले नियमावली मस्यौदा ल्याएको छ । सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय सुझाव माग गर्दै मस्यौदा सार्वजनिक गरिएको छ । बिहान सेयर खरिद गरेर सोही दिन बजार बन्द हुनुअघि बिक्री गर्नु वा सेयर बिक्री गरेर सोही दिन पुनः खरिद गर्नु इन्ट्राडे कारोबार हो ।

मस्यौदाअनुसार इन्ट्राडे कारोबारका लागि स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्ने छ । मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्र (सेयर) मात्र यस्तो कारोबारका लागि योग्य हुनेछन् । ब्रोकर कम्पनीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता तथा उपयुक्तता मूल्याङ्कन गरेर मात्र इन्ट्राडे कारोबारको सुविधा उपलब्ध गराउनुपर्नेछ । ब्रोकर कम्पनीले यस्तो कारोबार सञ्चालन गर्नु अघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक शर्तहरूको परीक्षण गर्नुपर्नेछ ।

ब्रोकर कम्पनीले इन्ट्राडे कारोबार सञ्चालनका लागि आवश्यक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समय जोखिम नियन्त्रण प्रणाली कायम गर्नुपर्नेछ । लगानीकर्ताले इन्ट्राडे कारोबार अन्तर्गत धितोपत्र खरिदरबिक्री गरी कायम भएको खुला अवस्था (ओपन पोजिसन) सोही दिन धितोपत्र बिक्री र खरिद गरी खुला अवस्था बन्द गर्नुपर्नेछ ।