Skip to main content
राजनीतिRatopati

नेपाली राजदूतावास पोर्चुगलको आधिकारिक सूचनामा नेपाल संवत् उल्लेख, सरोकारवालाद्वारा स्वागत

Read the full story at Ratopati

नेपाली राजदूतावास पोर्चुगलको आधिकारिक सूचनामा नेपाल संवत् उल्लेख, सरोकारवालाद्वारा स्वागत

लिस्बन (पोर्चुगल) । पोर्चुगलस्थित नेपाली राजदूतावास, लिस्बनले आफ्नो आधिकारिक सूचना पत्रमा विक्रम संवत् र इस्वी संवत्सँगै राष्ट्रिय संवत् 'नेपाल संवत्' पनि उल्लेख गर्न सुरु गरेको छ । राजदूतावासद्वारा मिति २०८३/०७/२७ (नोभेम्बर १३, २०२६) मा जारी गरिएको आधिकारिक सूचना पत्रमा 'ने.सं.

११४७ कछलाथ्व चतुर्थी' उल्लेख गरिएको हो। यसअघि एक कार्यक्रममा अभियन्ता गंगाबहादुर नेम्कुलले नेपाल संवत् र विक्रम संवत्को ऐतिहासिक पृष्ठभूमि, महत्त्व तथा नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको नेपाल संवत्को गौरवपूर्ण इतिहासबारे प्रकाश पारेका थिए। सोही अवसरमा नेम्कुलले नेपाल संवत्लाई राष्ट्रिय पहिचान र ऐतिहासिक सम्पदाका रूपमा सम्मान गर्दै विदेशस्थित नेपाली दूतावासहरूको आधिकारिक पत्राचार, सूचना तथा प्रशासनिक कामकाजमा समेत यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने माग राखेका थिए ।

साथै, उनले नेपालको शैक्षिक पाठ्यक्रममा नेपाल संवत्को ऐतिहासिक महत्त्व र प्रयोगसम्बन्धी विषय समावेश गर्नुपर्ने मागसहितको अनुरोधपत्र प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेलसमक्ष हस्तान्तरण गरेका थिए । आफ्नो मागलाई सम्बोधन गर्दै राजदूतावासले आधिकारिक सूचनामा नेपाल संवत्लाई स्थान दिएकोमा नेम्कुलले नेपाली राजदूतावास लिस्बनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।