Skip to main content
राजनीतिBizmandu

पार्टीबाट पनि निर्देशन आएकाले प्रहरी महानिरीक्षकको जिम्मेवारी फेरबदल गरेका हौं : सरकार

Read the full story at Bizmandu

काठमाडौं। सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनमा प्रहरी महानिरीक्षकलाई हटाएको बताएका छन्। उनले बुधबार अपराह्न मन्त्रिपरिषद्‍को निर्णय सार्वजनिक गर्ने क्रममा अहिलेको संवेदनशील अवस्थामा सरकारले केही गर्नुपर्‍यो भनेर पार्टीबाट पनि निर्देशन आएकाले प्रहरी महानिरीक्षकको जिम्मेवारी फेरबदल गरेको प्रष्टीकरण दिएका हुन्। ‘अहिले बदलिंदो परिस्थिति छ।

पार्टीबाट पनि एक किसिमको संवेदनशील अवस्थामा सरकारले केही गर्नुपर्‍यो भनेर निर्देशन आएको थियो। त्यो भएकाले उहाँको जिम्मेवारी फेरबदल गरेको हो,’ उनले भने। मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा सरुवा गरेर डा. मनोज केसीलाई आइजीपीमा बढुवा गरेको छ।

सस्मितले मुलुकको शान्ति सुरक्षाको अवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श आवश्यक परेकाले कार्कीलाई प्रधानमन्त्री कार्यालयमा प्रहरी महानिरीक्षक सरहको विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी सरुवा गरेको बताए। ‘उहाँको जिम्मेवारी मात्र फेरबदल भएको हो। कारबाही गरिएको रुपमा लिनु हुँदैन,’ उनले भने। The post पार्टीबाट पनि निर्देशन आएकाले प्रहरी महानिरीक्षकको जिम्मेवारी फेरबदल गरेका हौं : सरकार appeared first on BIZMANDU .